२८ आश्विन २०८३, बुधबार

आतंककारीको‬ निशानामा मोदी सरकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra Modi

एजेन्सी। अफगानिस्तानको हेरात प्रान्तमा रहेको भारतीय वाणिज्य दूतावासमा अज्ञात समूहले आक्रमण गरेका छन् । शुक्रबार बिहान कार्यालय सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई सशस्त्र हतियारधारीले आक्रमण गरेका हुन् । आक्रमण भएपछि सुरक्षाकर्मी र आतंकवादीबीच भिडन्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भिडन्तका क्रममा तीनजना आक्रमणकारीको मृत्यु भएको छ । सुरक्षाकर्मीतर्फ भएको हतातहतीबारे केही खुलाइएको छैन । यसअघि सन् २००८ मा काबुलमा रहेको भारतीय दूताबास बाहिर भएको बम विस्फोटमा ४१ जना मारिएका थिए । वाणिज्य दुतावास भएको आक्रमणको भारतीय विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ । आक्रमणपछि त्यहाँ रहेका सबै अधिकारी सुरक्षित रहेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

भारतको नयाँ दिल्लीस्थित आईटीबीपीका डिजी सुभाष गोस्वामीले पनि आक्रमणको पुष्टि गरेका छन् । आक्रमणमा करिब ५ जना आतंककारी संलग्न रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन् । कन्सुलेटमा भएको आक्रमणको भारतका नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीले निन्दा गरेका छन् । अत्याधिक बहुमतको चुनावी नतिजासगै नया प्रधानमन्त्रीका रुपमा चयन भएका नरेन्द्र मोदीले आफ्नो पदभार ग्रहणको सपथ समारोहमा हुने केहि दिन अगाडी भारतीय वाणिज्य दूतावासमा भएको आक्रमणलाई महत्वको साथ हेरीएको छ ।

सार्क राष्टको प्रमुखलाइ निम्ता दिदै सपथ खान लागेका मोदी सरकारको लागि यो आक्रमण चुनौतीको विषय बनेको छ । निम्तो स्वीकार्दै बंगालादेश बाहेक सबै देशका शीर्षस्थ नेताहरु आगामी सोमबार दिल्ली आइपुग्ने भएका छन् । सपथ ग्रहणको बिशिष्ट समारोहमा नेपाल, पाकिस्तान, भुटानका प्रधानमन्त्री र अफगानिस्तान, श्रीलंका तथा माल्दिभ्सका राष्ट्रपति दिल्ली आउने प्रारम्भिक सहमती जानकारीमा आएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

photo

मनोनित प्रधानमन्त्री मोदीले श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षेलाई सपथ ग्रहण समारोहमा बोलाइएकोमा तामिलनाडुकी मख्यमन्त्री जयललिताले बिरोध गरेकी छिन् । तामिल जातिय बिरोधी नेताका रुपमा रहेका राजापाक्षेलाई बिशिष्ट समारोहको अतिथी बनाएर बोलाइनु सहज नभएको भन्दै आफू समारोहमा उपस्थित हुन नसक्ने मुख्यमन्त्रीले बताएकी छिन् । अल इन्डिया अन्ना द्रविडा मुनेन्ट्रा काझागम(एआइएडीएमके)की महासचिव समेत रहेकी जयललिताले बिज्ञप्ती जारी गरेरै राजापाक्षेलाई गरिएको निम्तोमा असहमती जनाएकी हुन् ।

भारतीय जनता पार्टीको सरकार कायम रहेका बेलामा तत्कालिन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले सुरु गरेको छिमेकीसागको सहजीकरण सम्बन्ध अभियानलाई नेता मोदीले अघि बढाउन चाहेको भन्दै सपथ समारोहमा सबै छिमेकी शिर्षस्थ नेतालाई दिल्ली बोलाइनु एउटा सकारात्मक पहल भएको पुर्व सेनाध्यक्ष एवं हाल भाजपा सांसद बीके सिंहले बताएका छन् ।