१२ कार्तिक २०८३, बिहिबार

प्रचण्डले भने– ‘शान्ति सम्झौताको मर्मविपरीत जानेलाई छाड्दैनौ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौँ, १४ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको मर्मविपरीत गएर संविधान जारी गर्ने अधिकार कोही कसैलाई नभएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित बलिदान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले द्वन्द्वरत पक्षको साझा दस्तावेजका रुपमा रहेको शान्ति सम्झौतालाई पालन गर्ने वा नगर्ने भन्ने विषयमा प्रस्ट पार्न नेपाली काँग्रेस र नेकपा एमालेलाई आग्रह गर्नुभयो ।

प्रमुख दलबीच भएको बाह्रबुँदे सहमति, शान्ति सम्झौताका आधारमा नै अन्तरिम संविधान निर्माण भएकाले त्यसलाई पूर्ण पालना गर्ने कि नगर्ने भन्ने प्रश्न नै यतिखेरको सङ्गीन प्रश्न रहेको उहाँको भनाइ थियो ।

संविधान लेखन प्रक्रिया बहुमतका आधारमा अगाडि बढ्नै नसक्ने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो– ‘‘संविधानमा सबै वर्ग तथा क्षेत्रले अपनत्व महसुस गर्नुपर्छ, एकाध दलले मात्रै बनाउने संविधानले समग्र मुलुकको प्रतिनिधित्व गर्न सक्दैन, शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता र परिवर्तनकारी शक्तिलाई बाहिर राखेर बनाइने संविधानलाई सबैले मान्नुपर्छ भन्ने छैन ।”

पछिल्लो दिनमा सत्तारूढ दलका नेतासँग अनौपचारिक संवाद भए पनि त्यसले ठोस आकार ग्रहण नगरेको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो–‘‘सहमति कि बहुमत भन्ने दुविधा राख्नु आवश्यक छैन, विगतको प्रतिबद्धतालाई स्मरण गर्ने मात्रै हो भने सबै कुरा प्रस्ट हुन्छ, मुलुकलाई अगाडि बढाउने कि द्वन्द्वमा धकेल्ने भन्ने कुराको निर्णय नेपाली काँग्रेस र एमालेको कोर्टमा छ ।”