काठमाडौं । स्वतन्त्र प्रजातान्त्रिक ट्रेड यूनियन महासंघका केन्द्रीय महासचिवसहित उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य गरी ४ दर्जनभन्दा बढि नेता कार्यकर्ता नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघमा प्रवेश गरेका छन् ।
नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले आज कुपण्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गराउँदै सचिव विप्लवले मजदुरको अधिकारलाई संस्थागत गर्न र मजदुर वर्गीय पार्टी निर्माणका लागि सबै उत्पीडित मजदुरहरु एकतावद्ध भएर निर्णायक क्रान्तिका लागि लाग्नुपर्ने बताए ।
अखिल नेपाल क्रातिकारी टे«ड यूनियन महासंघका संयोजक रामदीप आचार्यले मजदुर वर्गीय पार्टी निर्माण अहिले प्रमुख कार्यभार भएकाले सबै उत्पीडित मजदुरहरु क्रान्तिकारी मजदुर आन्दोलन वरिपरी गोलवद्ध हुनुपर्ने धारणा राखे ।













प्रतिक्रिया