२९ आश्विन २०८३, बिहिबार

सूर्योदयको विशेष खेलकुदमा रेड हाउसको दबदबा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । आठ वर्षको कलिलो उमेरमै ठूलो पर्दाको नेपाली कथानक चलचित्र ‘लभ यू बाबा’ को निर्देशन गरी गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल बाल प्रतिभा यस सूर्योदय आवासीय माध्यमिक विद्यालय, डिल्लीबजारमा कक्षा २ मा अध्ययनरत सौगात विष्टको सम्मान एक विशेष कार्यक्रम गरिएको छ ।

जर्मनी शिक्षाविद् प्रो डा. डां एफ. जे. राडामाकरको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा अन्य विशिष्ट अतिथि एवम् अभिभावकहरूको समेत उल्लेख्य उपस्थिति थियो ।

यस वार्षिक खेलकुद कार्यक्रममा कक्षा नर्सरीदेखि तीनसम्मका विद्यार्थीको मार्चपासलगायत विभिन्न आकर्षक खेलकुद ट्रयाक एण्ड फिल्ड एवम् मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमले समारोहमा रौनकता थपेको थियो ।

भर्खरमात्र हिँड्न जानेका आफ्ना नानीबाबुहरू खेलसँगै खुसी भएको देख्दा अभिभावक दङ्ग थिए, ‘स्वस्थ विचारका लागि स्वस्थ शरीर र स्वस्थ शरीरका लागि खेल भएकोले सानै उमेरदेखि खेलकुदमा ध्यान दिने हाम्रो विशेषता हो’, विद्यालयका खेल संयोजक राजेन्द्र कपालीले भन्नुभयो ।

विद्यालयका प्रिन्सिपल एवम् प्याव्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष लक्ष्य बहादुर के.सी. ले बालबालिकाको सर्वाङ्गीण विकास उद्देश्य रहेको भन्दै सोही अनुसार अध्ययन अध्यापनका अतिरिक्त खेलकुद सँगसँगै लगिएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जर्मनी शिक्षाविद् प्रो. डा. डा. एफ. जे. राडामाकरले शारीरिक, मानसिक तथा आत्मिक सन्तुलन सफल जीवनको आधार रहेको बताउनुभयो ।

उहाँले जसको प्रमुख कारक खेलकुद भएकोले यसको विकासमा विद्यालयले गरेको बालकेन्द्रित एवम् बालसुलभ कार्यक्रमप्रति प्रशंसा गर्नुभयो ।

साथै खेलकुदमा सहभागी उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई पुरस्कृत गरियो । पुरस्कृत हुनेमा रेड हाउस टिमका विनयजंग योगीसहितका साना बालबालिका रहेका थिए । खेल अवधिभर रेड हाउसले आफ्नो दबदबा राखेको थियो ।

विगत दुई वर्षदेखि यस विद्यालयमा मन, वचन र कर्मले अत्यन्त लगनशीलताका साथ चाइनिज भाषा प्रशिक्षण गर्ने चाइनिज शिक्षिका वाङ् इङ् इङ् लाई प्रोत्साहन स्वरुप सम्मान प्रदान गरियो ।

यस विशेष समारोहका सम्मानित गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल बालप्रतिभा सौगात विष्टले उत्कृष्ट जीवनको थालनी आमा, बुबा र विद्यालयको संयुक्त मिहिनेतमा भएको र समग्र देशकै इज्जत राख्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

00

0 1 2 3 4 5 6 7 8