काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहका शिक्षकको नियुक्तिका लागि आगामी १० दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्ने तयारी गरेको छ ।
माध्यामिक तहका शिक्षकका लागि भएको विज्ञापनअनुसार लिखित तथा मौखिक परीक्षाको नतिजासमेत प्रकाशन भइसकेको अवस्थामा उनीहरूलाई नियुक्तिका लागि सिफारिस गर्न लागिएको हो । माध्यामिक तहको शिक्षकका लागि उत्तीर्ण भएका शिक्षक यतिखेर नियुक्तिको पर्खाइमा छन् ।
आयोगले माध्यामिक तहको अधिकांश जिल्लाको अन्तिम नतिजा प्रकाशन गरिसकेको जानकारी गराउँदै आयोगका सहसचिव खगेन्द्रप्रसाद नेपालले नियुक्तिका लागि सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा औपचारिक रूपमा पत्राचार गर्ने गरी तयारी भइरहेको बताए ।
शिक्षा सेवा नियमावलीअनुसार आयोगले सिफारिस गरेको ३० दिनभित्र अनिवार्य रूपमा सम्बन्धित शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले नियुक्ति दिएर विद्यालयमा पठाउनुपर्ने व्यवस्था छ ।













प्रतिक्रिया