२९ आश्विन २०८३, बिहिबार

बोको हरामका २०७ जना विद्रोहीलाई क्यानेडाली सैनिकलाई यसरी उडाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

army

नाइजेरिया, १३ फागुन । नाइजेरियामा क्यानेडाली सैनिक र बोको हराम आतङ्ककारीबीच भएको झडपमा २०७ जना बोको हराम आतङ्ककारी समूहका लडाकू मारिएका छन् ।

सो समाचार क्यानेडाली सैनिकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको राज्यद्वारा सञ्चालित रेडियो प्रसारणले बताएको छ ।

झडपका क्रममा एक क्यानेडाली सैनिकको मृत्यु हुनुका साथै अन्य तीनजना घाइते भएका प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सैनिक र बोको हराम आतङ्ककारीबीच भएको केही घन्टाको झडपपछि नै आतङ्ककारीहरू ध्वस्त भएका सो विज्ञप्तिमा जनाइएको छ ।

गत जनवरीको मध्यबाट क्यानेडाली सैनिकले बोको हरामविरुद्धको लडाईंमा संलग्ता जनाएपछि नाइजेरियको गम्बारु र किक्वा सहर बोको हराम लडाकू समूहबाट फिर्ता आएको छ ।