२९ आश्विन २०८३, बिहिबार

बलिउडका सुपरस्टार यी कलाकारले किन पाएनन् ‘बेस्ट एक्टर’को अवार्ड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

filmfare

मुम्बई । बलिउड चलचित्र उद्योगमा काम गर्ने हरेक कलाकारको सम्मान हुन्छ । बलिउडका वादशाह शाहरुख खानले १४ पटक फिल्मफेयर अवार्ड पाएका छन् । जसमा ८ वटा वेष्ट एक्टर फिल्मफेयर अवार्ड पाएका छन् ।

बलिउड बजारमा केही यस्ता कलाकार छन् । जसले एक पटकपनि यस्ता अवार्डका ट्रफी हात पार्ने मौका पाउन सकेका छैनन् । यस बारेमा एवीपी न्युजले चर्चा गरेको छ । जसले मेहनत चर्चाका बाबजुदपनि फिल्म फेयरमा भाग्यले साथ नदिएर अहिलेसम्म एउटा पनि अवार्ड पाउन सकेका छैनन् ।

अक्षय कुमारः बलिउडका खेलाडी कुमार अक्षय कुमारले बलिउडमा एक्शनदेखि कमेडीसम्म सबै किसिमका चलचित्रमा काम गरेका छन् । अभिनय गरेका छन् । तरपनि अक्षय कुमारले आज सम्म बेस्ट एक्टरको फिल्मफेयर ट्रफि उठाउने मौका पाएका छैनन् ।

akshay

अक्षयले बेस्ट एक्टर इन नेगेटिव रोलमा फिल्मफेयर अवार्ड पाएका छन् । अक्षय कुमारले बलिउडमा आजसम्म १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । तर अहिलेसम्म पनि उनले बेस्ट एक्टरको ट्रफि पाएका छैनन् । अक्षयकुमार बेस्ट एक्टरको ट्रफिको पर्खाइमा छन् ।

कैटरीना कैफः आफ्नो एक झलकबाट दर्शकलाई फिदा बनाउने अभिनेत्री कटरीना कैफले पनि एक फिल्मफेयर ट्रफि समाउने मौका पाएकी छैनन् । कटरीना कैफले चलचित्र बूमबाट बलिउडमा प्रवेश गरेकी थिईन् ।

katreena

यो चलचित्र त्यती धेरै नचलेपनि यसपछि कैटरीन बलिउडमा ठुलो स्टारको नामले परिचित छिन् । कैटरीना चलचित्र न्यूयोर्कबाट बेस्ट एक्ट्रेस कैटेगरीमा नोमिनेशनमा परेकी थिईन, तर भाग्यले उनलाई साथ नदिदाँ त्यो मौका गुमाईन् ।

गोविन्दाः गोविन्दाले १९८६ मा चलचित्र इल्ज़ामबाट बलिउडमा प्रवेश गरेका थिए । गोविन्दाले आफ्नो अभिनयबाट दर्शकलाई हसाउनुका साथै आँखाबाट आसू निकाल्न समेत बाध्य पारेका छन् ।

govinda

गोविन्दालाई बलिउडमा हीरो नम्बर वान को नामले चिनिन्छ । गोविन्दा फिल्मफेयरमा १२ पटक नोमिनेशनमा परेका छन् । तर, एक पटक पनि गोविन्दाले बेस्ट एक्टरको ट्रफी आफ्नो नाममा लेखाउन सकेनन् । गोविन्दले चलचित्र हसीना मान जाएगीबाट बेस्ट कमेडियनको अवार्ड पाइसकेको छन् ।

सोनम कपूरः बलिउडकी सदाबहार अभिनेता अनिल कपूर की छोरी अभिनेत्री सोनम कपूरले चलचित्र बजारमा आफ्नो पहिचान धेरै छोटो समयमा धेरै बनाएकी छिन् । सोनमका चलचित्रलाई बक्स अफिसमा संगै समीक्षबाट पनि राम्रो प्रतिक्रिया मिलेको छ ।

Sonam-Kapoor-Pardaphash-159012

सोनमले चलचित्र सांवरियाबाट बलिउडमा प्रवेश गरेकी थिईन् । यसका साथै सोनमले रांझना र भाग मिल्खा भाग जस्ता सुपरहिट चलचित्रमा पनि अभिनय गरेकी छिन् । सोनमले पनि फिल्मफेयर अवार्ड पाउन सकेकी छैनन् ।

सांवरिया संगै प्रदर्शनमा आएको ओम शान्ति ओमबाट दीपिका पादुकोणले बेस्ट डेब्यूको अवार्ड हात पारेकी थिईन् । दिपिकाको ओम शान्ति ओमबाट बलिउडमा प्रवेश भएको थियो ।

धर्मेन्द्रः आफ्नो दमदार आवाज़, र एक्शन संगै शोले, चुके चुपके, सीता और गीता, मेरे हमदम मेरे दोस्त, बंधिनी जस्ता सुपरहिट चलचित्रमा अभिनय गरेका अभिनेता धर्मेन्द्रले पनि फिल्मफेयर अवार्ड पाएका छैनन् । धर्मेन्द्रलाई १९९७ मा फिल्मफेयरले लाइफटाइम अचीनमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।

dharmendra_660_060413011226

यो सम्मानलाई ग्रहण गर्दै धर्मेन्द्रले भनेका थिए–‘मलै यो अवार्ड पाउन ३७ वर्ष पर्खिएको छु । मैले हरेक वर्ष फिल्मफेयरमा सहभागि हुन एक नयाँ सूट सिलाउथे । विश्वास गर्थे यसपाली मलाई अवार्ड लिन बोलाउनेछन् । तर, यस्तो कहिलेपनि भएन् । त्यसपछि मैले सोचे अब म टीशर्ट र कच्छामै कार्यक्रममा जाने छु ।’

आफ्नो कलालाई सम्मान नगरेको यी कलाकारको गुनासो छ । तर, फिल्मफेयर नपाएपनि बलिउड चलचित्र बजारमा यीनीहरुको नाम चर्चा चल्ने गरेको छ ।