२८ आश्विन २०८३, बुधबार

थाई नेताहरुलाई देशबाहिर जान रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thailand-army-2011-4-19-3-10-15बैंकक । थाइल्यान्डको सैनिक सरकारले त्यहाँका राजनीतिक दलका नेताहरुलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको छ ।

सैनिक सरकारले शुक्रबार सूचना जारी गरेको छ । सैनिक सरकारले राजनीतिक दलका नेताहरुलाई सरकारको सहमति बिना देशबाहिर जान प्रतिबन्ध लगाएको जनाइएको छ ।

थाइल्यान्डमा बिहीबार अपरान्ह सेनाले सत्ता हत्याएको हो । सैनिक ‘कू’ गरिएको समाचारलगत्तै सेनाले राजधानी बैंकक सैनिक घेराउमा पारेको छ ।

बिहीबार सेनाले औपचारिक रुपमै देशको शासकीय शक्ति आफ्नो हातमा आएको घोषणा गरेको थियो । यससँगै त्यहाँ सैनिक शासन लागू भएको हो ।

थाई सैनिक प्रमुख प्रयुत चान ओचाले देशलाई पुनः शान्तिपूर्ण र पहिलाकै अवस्थामा पु¥याउनका लागि शान्ति समिति गठन गरिएको जानकारी पनि सरकारी टेलिभिजनमार्फत गराए ।

यसबाट हालैमात्र अदालतको आदेशबाट पदमुक्त भएकी पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रा पनि देशबाहिर जान नपाउने भएकी छन् ।