२८ आश्विन २०८३, बुधबार

निकासका लागि सर्वपक्षीय भेला बोलाउने सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhyaकाठमाडौं । नेकपा–माओवादीले लामो समयदेखि माग राख्दै आएको सर्वपक्षीय र सर्वदलीय भेला हुने भएको छ ।

नेकपा–माओवादीको मागबमोजिमको सर्वपक्षीय भेला आयोजना गर्नेबारेमा आज प्रधानमन्त्री सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यबीच आज राजधानीमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

सर्वपक्षीय भेलाका बारेमा जानकारी गराउँदै भेटमा संलग्न नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले मुलुकलाई निकास दिने विषयमा प्रधानमन्त्री सकारात्मक देखिएको बताए । ‘मुलुकमा विद्यमान राजनीतिक समस्याको निकासका लागि प्रधानमन्त्री सुशील कोइरालासँग सकारात्मक छलफल भयो,’ उनले भने, ‘उहाँको भारत भ्रमणपछि सर्वपक्षीय भेलाको आयोजना गर्ने सहमति भएको छ ।’

सचिव गुरुङका अनुसार भेला आयोजनाअघि प्रारम्भमा प्रमुख चार दलबीच छलफल हुने र त्यसपछि अन्य दल र पक्षलाई सहभागी गराइनेछ ।

भेला कहिले गर्ने र कसरी गर्ने भन्ने सम्बन्धमा छलफलका लागि प्रधानमन्त्रीले बोलाएको बताउँदै नेता गुरुङले भेलाको संयोजन पनि सरकारले नै गर्ने जानकारी दिए ।