रुकुम। भीरबाट लडेर रुकुममा एकै घरका दुई जनाको मृत्यु भएको छ ।
सल्लीकुशम संकलनको लागि स्थानीय स्याल्टेगैरी भिरमा गएकी पुर्तिमकाँडा गाविस वडा नं.७ बुकिचौर निवासी ३२ वर्षिय पवित्रा डांगी र २० वर्षिय कौशिला ओलीको भिरबाट लडेर मृत्यु भएको हो ।
पशुचौपायालाई बिछ्याउन शल्लीकुसमको भारी बोकेर घर फर्कने क्रममा एक्कासी दुवै जनाको लडेर ज्यान गएको स्थानीयबासिन्दाले बताएका छन् ।














प्रतिक्रिया