काठमाडौं । आसन्न भारत भ्रमणको कार्यतालिका तय गर्ने विषयमा भारतीय राजदुत रन्जित रेले प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारामा झण्डै पौने घण्टा भएको भेटवार्ता प्रधानमन्त्रीको सोमबारबाट सुरु हुने भारत भ्रमणको विषयमा केन्द्रीत थियो । भेटमा भारतीय राजदुतले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यतालिका प्रस्तुत गरेका थिए ।
जसमा भावी प्रधानमन्त्री नरेन्द्र भाई मोदीको सपथ ग्रहण समारोहमा सहभागि हुने अतिरिक्त सार्क मुलुकका सरकार प्रमुखहरुसँग, मोदी, भाजपा अध्यक्ष राजनाथ सिंह, काग्रेस आईकी अध्यक्ष सोनीया गान्धी, डा मनमोहन सिंह लगायतकासँग द्धिपक्षीय कुराकानी गर्ने लगायतको रहेको स्रोतले जनाएको छ ।














प्रतिक्रिया