नयाँदिल्ली, १२ फागुन । भारतमा भाइरल बनेको स्वाइन फ्लूको संक्रमणमा गुजरात राज्यका स्वास्थ्यमन्त्री शंकर चौधरी पनि परेका छन् ।
स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्यमन्त्री चौधरीमा स्वाइन फ्लू भाइरस एचवनएनवन पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्वास्थ्यमन्त्री चौधरीले स्वाइन फ्लू प्रभावित विरामीलाई अस्पतालमा भेटेका कारण रोग सरेको हुन सक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।
स्वाइन फ्लूबाट भारतमा ८ सय ३३ जनाको मृत्यु भइसकेको छ । १० हजार भन्दा बढी नागरिकमा स्वाइन फ्लुको संक्रमण देखिएको छ । भारतमा स्वाइल फ्लू भाइरल बनेपछि नेपालका नाकामा उच्च सर्तकर्ता अपनताइएको छ ।














प्रतिक्रिया