१५ कार्तिक २०८३, आइतबार

प्रचण्डकी छोरी भन्छिन् : बिना यातना पुरा आयु बाँच्न पाउनु सबै प्राणीको अधिकार हो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवम् उनकी स्वकिय सचिव गंगा दाहालले पुरा आयु बाँच्न पाउनु सबै प्राणीको अधिकार भएको बताएकी छन् ।

सुर्खेतमा हालै भएको सामूहिक गाैहत्याको विषयमा सामाजिक सञ्जालमा लेख्दै उनले बिना यातना आफ्नो पुरा आयु बाँच्न पाउनु पृथ्वीका सबै प्राणीहरुको अधिकार भएको टिप्पणी गरेकी छन् ।

सुर्खेतको वीरेन्द्रनगर क्षेत्र आसपास भीरबाट खसालेर संबिधानतः राष्ट्रिय जनावरको मान्यताप्राप्त गाईको सामूहिक हत्या तथा अंगभंग गराइनु भर्त्सनायोग्य कार्य भएको उनको टिप्पणी छ ।

यो घटनाले एकतिर बढ्दो सहरीकरणसँगै सडक सुरक्षाका लागि छाडा चौपायहरुको व्यवस्थापनमा नयॉ ढंगले सोच्न ढिला गर्न नहुने तथ्य उजागर गरेको तथा अर्कोतिर, पशु अधिकार सम्बन्धी मान्यताहरुको सुदृढ कार्यान्वयनको खॉचो अभिव्यक्त गरेको दाहालले उल्लेख गरेकी छन् ।

‘यस घटनाको छानबिन, दोषी उपर कारबाहीसँगै सड़क सुरक्षा, चौपाय संरक्षण र व्यवस्थापन सम्बन्धी आवश्यक काम अगाडी बढाउन अब ढिला गर्नु हुँदैन’ दाहालले लेखेकी छन् ।

गंगाले प्रचण्डपुत्र प्रकाशको निधनपछि प्रचण्ढको निजी सचिवालयको जिम्मेवारी सम्हालिरहेकी छन् ।