भक्तपुर, १५ भदाै । भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ को लोकन्थली हाइटस्थित गोरखनाथ मार्गमा शुक्रबार राति फेरि पहिरो गएको छ ।
शुक्रबार रातिको वर्षाले गएको भदाैं ३ गते सुख्खा पहिरो गएकोभन्दा पश्चिमतर्फ फेरि पहिरो गएको हो । उक्त पहिरो गएसँगै दुई घर पहिरोको जोखिममा परेको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।
उनले पहिल्यै चर्काएकाले त्यसलाई भास्न खोज्दा भूगर्भ विभागले रोकेको वडा अध्यक्ष खड्काले स्पष्टीकरण दिएका छन् ।
उनका अनुसार भाद्र ३ गते पहिरो गएको पूर्वतर्फको बाटोसमेत कुनै बेला भासिने सम्भावना छ। जसले गर्दा उक्त क्षेत्रमा पनि त्रिपालले छोपेर वर्षाको पानी पस्न नदिइएको उनको भनाइ थियो ।












प्रतिक्रिया