१५ कार्तिक २०८३, आइतबार

जीप दुर्घटनामा दुई जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अछाम, १३ भदौ । मेल्लेक गाउँपालिका–७ नन्देगडामा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच घाइते भएका छन् ।

साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से१ज ९८६ नंको जीप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भीरमा खसेको हो । मृत्यु हुनेमा मेल्लेक–७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी साउद रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

घाइते हुनेमा चालक नृप साउद, जनक साउद, सज्जन साउद, मनिषा उपाध्याय र अर्का एक नाम नखुलेका व्यक्ति रहेका छन् । उनीहरुलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ । –रासस