१२ मंसिर २०८३, शनिबार

देश विकासमा नेकपा र काङ्ग्रेसको विकल्प छैन : पर्यटनमन्त्री भट्टराई

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-विजय चालिसे

कावासोती, १२ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय एकता अहिलेको आवस्यकता भएको बताएका छन् ।

नवलपुरको हुप्सेकोट ५ धौबादिमा धौबादी रुद्रपुरगढी पर्यटकिय क्षेत्र उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले जनताले विषेश गरि दुई ठुला पार्टी नेकपा र नेपाली काङ्ग्रेसलाई भरोसा गरेको भन्दै विकास निर्माणका काममा हातेमालो गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

उनले थपे जनताले अहिले नेकपा र काङ्ग्रेसलाई हेरिरहेको भन्दै जनताको विश्वास गुम्न नदिन पनि दुई पार्टी एकतावद्ध भएर देश विकासमा लाग्नुपर्नेमा जोड दिए । विगतका कालखण्डमा पनि नेकपा र काङ्ग्रेसले नै परिवर्तन ल्याएको भन्दै अब पनि एक भएर जानुपर्ने बताए ।

मन्त्री भट्टराईले नेकपाको दुस्मनी कसैसङ्ग नभएको भन्दै उनले भने, प्रतिस्पर्धा चुनावमा हुनसक्ला, राजनितिमा हुन सक्ला तर जनताका हरेक समस्यामा दुई पार्टी एकतावद्द भएर जनताका आशा पूरा गर्नुपर्छ । ईतिहासले अहिले हामिलाई ठूलो मौका दिएको छ उनले भने, त्यो मौकालाई हामीले सदुपयोग गर्नुपर्छ ।

ईतिहासले हामीलाई पटक पटक मौका दिदैन त्यसैले बेलैमा सचेत हुन जरुरी छ । केन्द्र सरकारले दुईवटै सरकारसङ्ग समन्वय गरि अगाडि बढिरहेको भन्दै उनले देशलाई समृद्धिको बाटोमा लैजान सरकार प्रतिबद्द रहेको दावी गरे ।