१२ मंसिर २०८३, शनिबार

एक लाख २० हजार घुससहित मालपोतका खरिदार र लेखापढी व्यवासायी पक्राउ

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १२ भदौ । मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई एक लाख २० हजार घुसरकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि  सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।

अख्तियार प्रवक्ता प्रदिप कोइरालाका अनुसार मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवाको कार्यालयबाट घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।