१२ मंसिर २०८३, शनिबार

८३ किलो रक्तचन्दन तथा यार्सागुम्बा सहित २ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्विर

काठमाडौं, १२ भदौ ।  प्रहरीले ८३ किलो रक्तचन्दनसहित २ जनलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-६ रामहिटी चारघरेबाट ८३ केजी रक्तचन्दनका टुक्राहरु र १ सय ५० ग्राम तौल भएको यार्सागुम्बासहित उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६ रामहिटीचारघरे बस्ने ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देनग्याम्चो तामाङ रहेका छन् ।

त्यहाँ रक्तचन्दन बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई सामानसहित पक्राउ गरेको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।