घोराही, १२ भदौ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बुधबार केही पत्रकार र सत्तारुढ दल नेकपा निकटका युवा नेताहरूले तालाबन्दीका क्रममा कर्मचारीहरूलाई हातपात भएपछि अवस्था तनावपूर्ण बनेको छ ।
आफूहरूलाई हातपात गरेको भन्दै उपकुलपति संगीत भण्डारीसहितका चिकित्सक र कर्मचारीहरूले बिहीबार हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
सत्तारुढ दल नेकपा निकटकाले उपकुलपति डा.भण्डारीको राजीनामा माग गर्दै आन्दोलन चर्काएका छन् ।
प्रतिष्ठान बचाऔँ अभियानको तर्फबाट थालिएको आन्दोलनका क्रममा प्रशासन कक्षमा तालाबन्दी भएको थियो । बुधबार ताला प्रहरीले फोडिदिएको छ ।
बुधबार नेकपा निकटका कार्यकर्ताले प्रतिष्ठानका रजिस्टार रामप्रसाद प्याकुरेलमाथि दुर्व्यवहार भएको जनाइएको छ ।
त्यसको विरोधमा प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।
प्रतिष्ठानमा कार्यरत २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएपछि स्थिति बिग्रेको थियो ।
प्रतिष्ठानका कर्मचारीहरूलाई हातपात गरेको अभियोगमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसम्म उजुरी पुगेको । सो विषयमा स्थानीय प्रशासनले छानविन गर्ने जनाएको छ ।











प्रतिक्रिया