१२ मंसिर २०८३, शनिबार

अवैध लागूऔषधसहित ३ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ भदौ । प्रहरीले एकजनालाई लागूऔषधसहित मंगलबार दिउँसो पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३१ मध्येबानेश्वर बस्ने सप्तरी शम्भुनाथ नगरपालिका ५ घर भएका ३५ वर्षीय अजय दासलाई नियन्त्रित लागूऔषध डाईजेल्याप ७१ एम्पुल, फेनेरागन ८९ एम्पुल र नुर्फिन ७० एम्पुलसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, काठमाडौं महानगरपालिका ७ कुमारीगाल बस्ने महोत्तरी घर भएका २९ वर्षीय आशुतोस अधिकारीलाई नियन्त्रित लागूऔषध नुर्फिन ४८ एम्पुल,डाइजेपाम ४८ एम्पुल र फेनेरागन ४८ एम्पुलसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १५ पिपल चौताराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेट सहित हेटौंडा उपमहानगरपालिका १० राममन्दिर नजिक बस्ने २२ वर्षीय निकेश थापालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ज ८५२६ नम्बरको माइक्रोबस जाँच गर्ने क्रममा माइक्रोमा सवार थापालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।