
सुर्खेत, ११ भदौ । जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस सुर्खेत भेरीगंगा ५ एमाले मोडमा दुर्घटना भएको छ ।
दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार मृत्यु हुने तीनै जनाको सनाखत हुन सकेको छैन् ।
दुर्घटनामा एकजनाको घटना स्थलमै र अन्य दुइजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रबी रावलले जानकारी दिए ।
घाइते २३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सामान्य घाइते दुई जनाको छिन्चुको एक मेडिकलमा उपचार भइरहेको उनको भनाई छ ।
उनका अनुसार चालक र सहचालक प्रहरी नियन्त्रणमा रहेका छन् । बस स्पीडमा रहेको र मोडमा ब्रेक फेल भएपछि दुर्घटना भएको थियाे । बसमा ३० जना सवार थिए ।











प्रतिक्रिया