२९ आश्विन २०८३, बिहिबार

बङ्गलादेशमा भएको डुङ्गा दुर्घटनामा ६९ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

boat-accident

बङ्गलादेश, ११ फागुन । बङ्गलादेशको मध्य भागमा रहेको माणिकगञ्ज जिल्लामा आइतबार भएको एक डुङ्गा दुर्घटनामा मृत्युहुने व्यक्तिको सङ्ख्या ६९ पुगेको सोमबार जानकारी दिइएको छ ।

बङ्गलादेशको पदमानामक नदीमा आइतबार एक मालबाहक जहाजसँग एक डुङ्गा ठक्कर खाँदा भएको दुर्घटनाबाट थप शवहरु निकालिएपछि सो सङ्ख्या ६९ पुगेको हो ।

अधिकारीहरुका अनुसार उक्त दुर्घटनामा के कति व्यक्ति बेपत्ता भएका छन् भन्नेबारेमा प्रष्ट भएको छैन । तर डुङ्गामा सवार यात्रुहरुका अनुसार सो डुङ्गामा १५० व्यक्ति सवार रहेका थिए ।

सो डुङ्गामा सावरमध्ये ५० जनाले पौडी खेलेर ज्यान बचाएका स्थानीय प्रहरी प्रमुख रकिबुज जमानले बताएका छन् ।

डुङ्गा बङ्गलादेशको एक प्रमुख सवारीको साधन हो । तर पनि डुङ्गामा सवार व्यक्तिको सामान्यतया सूची राख्ने चलन भने त्यहाँ छैन ।

जसका कारण यस्ता दुर्घटनाहरुमा के कति नागरिक हताहत हुन्छन् भन्नेबारेमा थाहा पाउन निकै कठिन हुने गर्दछ ।

उक्त डुङ्गा राजबारी जिल्लाबाट माणिकगञ्जको पतुरिया नगरतर्फ गइरहेको बताइएको छ । रासस/एएफपी