१७ कार्तिक २०८३, मंगलबार

खोलाले बगाउँदा एक जनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


इनरुवा, १० साउन । सुनसरीको हरिनगर गाउँपालिका– ५ आज सुनसरी खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–८ का राजकुमार मेहताको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालका अनुसार हरिनगर गाउँपालिकास्थित हाटबजार गएका मेहतालाई खोलाले बगाएको हो । खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । –रासस