१७ कार्तिक २०८३, मंगलबार

एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । द ब्रिटिश कलेज (टीबीसी)काे भगिनी संस्था तथा एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी)की एसीसीए विद्यार्थी सहारा मघियाले सेप्टेम्बर २०२६ को परीक्षामा कर प्रणाली विषयमा विश्वभरबाट तेस्रो स्थान हासिल गरेकी छन् ।

यो साहाराको पहिलो अन्तर्राष्ट्रिय सफलता भने होइन । जुन २०२६ को परीक्षामा उनले पर्फर्मेन्स म्यानेजमेन्ट (पीएम) विषयमा नेपालमै प्रथम र विश्वमा आठौं स्थान हासिल गरेकी थिइन् ।

लगातार दुई परीक्षा सत्रमा दुई फरक विषयमा विश्वस्तरीय स्थान हासिल गर्नु उनको निरन्तर मेहनत, अनुशासन र विषयमाथिको गहिरो पकडको प्रमाण भएको कलेजले जनाएको छ ।

अन्य विषयमा पनि उनको नतिजा उत्तिकै उत्कृष्ट छ । फाइनान्सियल अकाउन्टिङ (एफए)मा ९४ प्रतिशत, म्यानेजमेन्ट अकाउन्टिङ (एमए)मा ८१ प्रतिशत र बिजनेस एन्ड टेक्नोलोजी (बीटी)मा ७८ प्रतिशत अङ्क प्राप्त गरेकी छन् ।

साहारा मघिया भन्छिन्, “यी नतिजा मेरा लागि निकै विशेष छन् । यो निरन्तर मेहनत, लगनशीलता र कठिन समयमा पनि हार नमानेको परिणाम हो । मेरो अध्ययन यात्रामा साथ, मार्गदर्शन र हौसला दिनुहुने शिक्षक, मेन्टर तथा सम्पूर्ण बीपीसी परिवारप्रति म आभारी छु । यो मेरो यात्राको एउटा महत्त्वपूर्ण पडाव हो, र यसले मलाई अझ उच्च लक्ष्य राख्न प्रेरित गरेको छ ।”

यस उपलब्धिबारे बीपीसीका प्रोफेसनल एजुकेसनका प्रमुख दीपेन्द्र के. श्रेष्ठ भन्छन्, “सहाराको यो नतिजा उनको लगनशीलता, अनुशासन र निरन्तर मेहनतको प्रतिफल हो । लगातार दुई परीक्षा सत्रमा विश्वस्तरमा उत्कृष्ट स्थान हासिल गर्नु वास्तवमै असाधारण उपलब्धि हो । एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनरका रूपमा बीपीसी विद्यार्थीहरूलाई उनीहरूको लक्ष्य हासिल गर्न आवश्यक गुणस्तरीय व्यावसायिक शिक्षा, दक्ष शैक्षिक मार्गदर्शन र उपयुक्त सिकाइ वातावरण प्रदान गर्न प्रतिबद्ध छ । सहाराको उपलब्धिले हामीलाई गौरवान्वित बनाएको छ । उनको सफलताले अन्य विद्यार्थीहरूलाई पनि उच्च लक्ष्य निर्धारण गर्दै एसीसीए अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने विश्वास लिएका छौँ ।”