नयाँदिल्ली ८ फागुन । देशभरी दिनप्रतिदिन फैलिरहेको स्वाइनफ्लुबाट प्रहरी उच्च अधिकारीको मृत्यु भएको छ ।
यो घटना भारतको कश्मीर राज्यको हो । कश्मीरमा सुरक्षार्थ खटिएका प्रहरी अधिकारी एसपी सुनील गुप्ताको स्वाइनफ्लुका कारण मृत्यु भएको हो । अहिले उक्त क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको छ ।
अहिलेसम्म भारतमा स्वाइनफ्लुबाट ७ सय सर्वसाधारणको मृत्यु भइसकेको छ । दश हजार भन्दा बढी विरामी परेका छन् । स्वाइनफ्लुबाट भारतको गाजियाबादका डीएम विमल कुमार पनि विरामी परेका छन् । उनलाई अहिले अस्पताल भर्ना गरिएको छ ।
जम्मू–कश्मीरमा शुक्रबार मात्रै अन्य २ जनाको स्वाइनबाट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वाइनफ्लुको प्रकोप बढेपछि कश्मीरका राज्यपाल एनएन वोहराले शुक्रबारै उच्चस्तरीय बैठक बोलाएर उच्च सर्तकर्ता अपनाउन निर्देशन दिएका छन् ।













प्रतिक्रिया