२८ आश्विन २०८३, बुधबार

आफ्नै शिक्षकबाट यसरी बलात्कृत भइन् किशोरी…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape1

कालिकोट । कालिकोटमा आफ्नै शिक्षकबाट एक किशोरी बलात्कृत भएकी छिन् ।

छात्रालाई वलात्कार गरेको आरोपमा महादेव उमावि राराकाटीयाका शिक्षक धनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

१९ वर्षीया छात्रालाई कोठामा थुनेर पिठ्युमा हातबाधी बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटमा ६ गते उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

बैशाख ३० गते ‘म परीक्षा सकेर कोठामा बसेको समयमा उ कोठामा पस्यो, बाहिबाट घरबेटी टक्कबहादुर शाहीले चुकुल लगाएपछि शाहीले हात पछाडी बाँधेर बलात्कार गर्यो ।’ पीडितले भनिन् । कसैलाई जानकारी दिए मार्ने धम्की आरोपितले दिएको हुनाले सदरमुकाम आएर उजुरी दिएको बताएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मण गुरुङ्गले पीडितको उजुरी आएपछि आरोपितलाई पक्राउ गरी अनुसन्धान थालिएको बताएका छन् ।