२८ आश्विन २०८३, बुधबार

अनशनकारी चौधरीको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा विगत सात दिनदेखि अनिश्चितकालीन अनशनमा बसेका नागरिक समाजका अगुवा देवेन्द्र चौधरीको अवस्था गम्भीर हुँदै गएको छ ।

विभिन्न ६ सूत्रीय माग राख्दै गत शुक्रबारबाट जलेश्वरको दुर्गाचौकमा अनशनमा बसेका चौधरीको स्वास्थ्य स्थिति बिग्रिँदै गएपछि उनी हिँड्डुल, उठबस र बोल्न नसक्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाले बताएका छन् ।

अनशनमा बसेका चौधरीलाई उपचार गर्न गएका चिकित्सक गिरेन्द्र झाले पनि उनको अवस्था नाजुक हुँदै गएको बताउनुभयो ।

महोत्तरीको भिठामोड जनकपुर सडकखण्ड र हुलाकी सडक निर्माण, मणिपाल इन्जिनियरिङ कलेज निर्माण, सरकारी कार्यालयमा व्याप्त देखिएको आर्थिक अनियमितताको छानबिन गरी कारबाही गर्नुपर्ने, प्रहरी दमन बन्द गर्नुपर्नेलगायतका माग गर्दै चौधरी अनशनमा बसेका हुन् ।