२८ आश्विन २०८३, बुधबार

वैद्य र चन्द पक्षबीच कुर्सी हानाहान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan-baidya-ra-netra-bikram-chand

काठमाडौं । नेकपा माओवादी भित्र अध्यक्ष मोहन वैद्य र नेता नेत्रबिक्रम चन्दबीच बढ्दै गएको कलहको प्रभाव जिल्ला अधिवेशनहरुमा पनि देखिन थालेको छ ।

काठमाडौको कीर्तिपुरमा जारी नेकपा–माओवादीको जिल्ला सम्मेलनमा दुई पक्षबीच कुर्सी हानाहान भएको हो ।

संस्थापन पक्षले प्रस्ताव गरेको जिल्ला समिति अस्वीकार गर्दै सचिव चन्द पक्षले कुर्सी हानेको बताइएको छ । संस्थापन पक्षले ९९ सदस्यीय जिल्ला समिति प्रस्ताव गरेको छ । कुर्सी हानाहानपछि त्यस क्षेत्रको वातावरण केहीबेर तनावपूर्ण बनेको थियो ।