
तेह्रथुम, १ असार । युएईको जेलबाट मुक्त भएका खड्गबहादुर जोगी ब्लड मनिबाट बाकी रहेको रकमबाट क्यान्सर पीडितहरू सहयोग गर्न थाल्नु भएको छ ।
आफ्नो पुर्नर्जीवनको लागि सहयोग गर्ने आठराई बासिहरूलाई धन्यवाद दिन जोगी तेह्रथुमको आठराईमा आउनु भएको छ । सोही अवसरमा आठराई चुहानडाडाँकी क्यान्सर पीडित संजिवनी कन्दङवाको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।
हत्याको आरोपमा जेलमा बिगत ५ बर्षदेखी थुनिएका जोगीलाई नेपाल फर्काउनका लागी बिभिन्न क्षेत्रबाट ब्लड मनि संकलन भएको थियोे । खड्ग जोगी बचाउ अभियान मार्फत संकलित रकम मध्येबाट ६१ लाख ९४ हजार ब्लडमनी बुझाएका कारण जोगी जेत मुक्त भई घर फर्कनु भएको हो ।
अभियानबाट ७६ लाख ६२ हजार रुपैयाँ संकलन भएको जोगि बजाउ अभियानका अध्यक्ष दुर्गाप्रसाद गिरिले बताउनुभयो ।












प्रतिक्रिया