सिरहा, ३२ जेठ । महिलाहरूलाई रोजगार बनाउन सिरहाको भोटियाटोलमा एक दिने सिपमुलक तालिम सम्पन्न गरेको छ ।
नेपालमा धानबालीपछि खाली जमिनमा दलहनबाली सघनीकारणद्वारा खाद्य तथा पोषण सुरक्षा र जीविकोपार्जनमा सुधार ल्याउन महिलाहरूलाई मुसुरो दालबाट बन्ने विभिन्न किसिमका परिकार बनाउने एक दिने सिप मुलक तालिम सम्पन्न भएको हो ।
महिलाहरूलाई छोटो समयमा कसरी आफ्नो कमाईबाट जीविकोपार्जन गर्न सक्षम बनाउने भनेर तालिम दिइएको हो ।
मुसुरोबाट बनाउन सकिने परिकारहरूमध्ये दालमोट र निम्किन बनाउने एक दिने तालिम दिइएको छ ।
सिरहाको लहान नगरपालिका वडा नम्बर १२ भोटिया टोल चोकमा फूलबारी बजारमा बिहीवार तालिम सम्पन्न भएको छ ।
तालिममा ३२ जना महिलाहरूको सहभागिता रहेको थियो ।













प्रतिक्रिया