काठमाडौं । हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज नेपाल आएकी छन् ।
युनिसेफकी गुडविल एम्बाडसर सेलेनाको तस्बिर फ्यानहरुले टि्वटरमा सार्वजनिक गरेपछि उनी आएको खुलेको थियो । युनिसेफको नेपालस्थित कार्यालय स्रोतका अनुसार नेपालगञ्जमा भएको कार्यक्रममा भाग लिन उनी नेपाल आएकी हुन् ।
नेपालगञ्जमा भएको कार्यक्रमबाट बुद्ध एयरमा फर्किएकी सेलेना बुधबार अन्नपूर्ण बेस क्याम्प गएकी थिइन् । बुद्ध एयरका कर्मचारी र एयरहोस्टेजले पनि सेलेनासँगको तस्बिर पोस्ट् गरेका छन् । मंगलबार नै भक्तपुर पुगेकी उनीसँग केही फ्यानले तस्बिर खिच्न भ्याएका कान्तिपुर दैनिकमा समाचार छ ।
सेलेनाको नेपाल आगमनलाई उनी र युनिसेफले अति नै गोप्य राखेको छ । उनले आफ्नो फेसबुक पेज र टि्वटरमा नेपाल आएको उल्लेख गरेकी छैनन् ।
सन् १९९२ जुलाई २२ मा जन्मिएकी सेलेना गायक जस्टिन बिबरसँगको सम्बन्धले चर्चामा आइरहन्छिन् ।















प्रतिक्रिया