दाङ, ४ फागुन । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले प्रतिपक्षी दलहरुलाई आन्दोलन जान बाध्य पारेको बताउनुभएको छ ।
सोमबार दाङमा आयोजित कार्यक्रममा डा. भट्टराईले शान्ति प्रक्रिया, सम्झौताका सहयात्री नेतृत्वमा नभएकाले अहिलेको आन्दोलन बाध्यत्मक भएको बताउनुभएको हो ।
‘शान्ति प्रक्रियाका सहयात्री स्व. गिरिजाबाबु हामी माझ हुनुहुन्न, एमाले पूर्व महासचिव माधव नेपालजी पनि नेतृत्वमा हुनुहुन्न । नेतृत्वमा भएका केपी र सुशीलजीले हाम्रो कुरा बुझ्नुभएन् । उहाँले भन्नुभयो ।
उहाँले सत्तारुढ दलहरुले बहुमतीय खेलका आधारमा संविधान बनाउछौं भनेकाले आन्दोलनको बाटो लागेको स्पष्ट पार्नु्भयो । सत्तारुढ दल कांग्रेस एमालेले गणतन्त्र शब्द थपेर ४७ सालको संविधान व्युताउने षडयन्त्रमा लागेको उहाँको आरोप छ । शान्ति सम्झौताका सहयात्री दलहरुको सहमतिमै संविधान बन्नुपर्ने उहाँको भनाई थियो ।
आन्दोलनबाट नभए विद्रोहको बाटो अपनाइने उहाँले चेतावनी दिनुभयो । आन्दोलनका पश्चिम कमाण्डर बाबुराम भट्टराई अहिले कार्यकर्ता प्रशिक्षणमा दाङ पुगेका छन् ।















प्रतिक्रिया