११ कार्तिक २०८३, बुधबार

एमाले केन्द्रीय नेताहरुको कार्यविभाजन आज हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemale

काठमाडौँ, ४ फागुन । नेकपा एमालेका केन्द्रीय नेताहरुको कार्यविभाजन आज हुँदैछ ।

एमाले स्थायी कमिटीको बैठकले आज नेताहरुको कार्यविभाजन गर्न लागेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । महाधिवेशन भएको नौ महिना भइसके पनि एमालेमा नेताहरुको कार्यविभाजन हुन सकेको छैन ।

यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले आगामी चैत २८ गतेका लागि घोषणा गरिएको बाग्लुङ क्षेत्र नं १ को उपनिर्वाचनका लागि सम्भाव्य उम्मेदवारहरूको नाम आगामी १० दिनभित्र सिफारिस गर्न बाग्लुङ जिल्ला कमिटी र बाग्लुङ क्षेत्र नं १ को क्षेत्रीय कमिटीलाई निर्देशन दिएको थियो।