२८ आश्विन २०८३, बुधबार

विहीबारबाट ‘तितो-सत्य’को नयाँ भाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dipak-raj-giri-dipa-shri-niraula

काठमाडौं । लोकप्रिय हास्य टेलिश्रृंखला ‘तितो–सत्य’को नयाँ भाग दर्शकले हेर्न पाउने भएका छन्।

निर्माता कम्पनी मिडिया हबले करिब ५० लाख नदिएपछि अढाई महिनादेखि यो श्रृंखला रोकिएको थियो। पुराना श्रृंखलाहरु नै पुन प्रसारण हुँदै आएको थियो। तर मिडिया हब र निर्माता तथा निर्देशक दिपकराज गिरीबीच सहमती भएपछि श्रृंखला फेरि सुचारु हुन लागेको हो। सम्झौता अनुसार ५० लाख मध्ये गिरीले १० लाख छोडिदिएका छन्। ४० मध्ये २० लाख मिडिया हबले दिइसकेको र बाँकी रकम जेठ १५ सम्म दिने बताइएको छ।

निर्माता तथा निर्देशक गिरीले दर्शकको इच्छा र मनोभावनाको कदर गर्दै यो निर्णय गरेको प्रतिक्रिया दिएका छन्। ‘साधारण दर्शकलाई पैसा लेनदेनबारे चासो हुँदैन। उनीहरु टेलिफिल्म हेर्न मात्र चाहन्छन्,’ उनले भने, ‘हामीले तीनै दर्शकको चाह अनुसार टेलिफिल्म फेरि नियमित गर्न लागेका हौं।’ नयाँ भागको लागि मंगलबार छायाँकन गरिएको छ। यो नेपालकै सबैभन्दा हाई टिआरपी भएको सिरीयल हो।