२८ आश्विन २०८३, बुधबार

पूर्वराजा ज्ञानेन्द्रका सचिव थापाले ७० लाख ठगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chiran-Shamser-Thapa-Thagi

काठमाडौं । राजदरबारका संवाद सचिव समेत रहेका चिरन शमशेर थापाले आकर्षक व्याज दिने भन्दै लाखौं ठगेको दाबी गरिएको छ ।

नेपाल सरकारकी पूर्व सचिव समेत रहेकी कुपण्डोलकी इन्दिरा राणालाई थापाले ७० लाख रकम ठगी गरेका हुन् । थापा स्वर्गीय राजा वीरेन्द्र र पूर्वराजा ज्ञानेन्द्र शाहको कार्यकालमा संवाद सचिव भएर दरबारमा लामो समय काम गरेका व्यक्ति हुन् ।

राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै पीडित इन्दिरा राणाले आफूलाई नातामा आफ्नै ज्वाइ पर्ने थापाले चर्को व्याज दिने लोभमा आफ्नो ७० लाख रकम ठगी गरेको दाबी गरिन् । आफू ठगिएकाले थापालाई कारबाहीको साथसाथै रकम असुली गरिदिन पनि उनले माग गरेकी छिन् ।

उनले भनिन्– ‘२०६० सालमा थापालाई मैलें आफ्नो सञ्चय कोषबाट र नागरिक लगानी कोषबाट पटक–पटक गरी जम्मा ७० लाख रकम झिकेर व्याजमा दिएको थिएँ । शुरुशुरुमा उसले मलाई विश्वास दिलाउनको लागि पनि अलि–अलि व्याज दियो । तर, पछिपछि उसले मलाई खासै राम्रो व्यवहार गरेन । उसको व्यवहारबाट आजित भई मैले मेरो सावाँ रकम फिर्ता गर्न भनेपछि पनि उसले मलाई त्यतिकै झुलाउने काम ग¥यो । उसले मलाई पटक–पटक गरि जम्मा ५३ लाख रकम चाँहि फिर्ता गरेको छ । तर, मेरो सावा र व्याजको हिसाव गर्ने हो भने अझै ५२ लाख रकम लिन बाँकी छ । मेरो बाँकी रकम दिलाउनको लागि मैले नीजलाई पटक–पटक ताकेता गर्दा पनि खासै वास्ता नगरी उल्टै मलाई धम्की दिने काम गर्दै आइरहेको छ ।’

पीडित राणाले आफूलाई थापाले पटक–पटक गरी नेपाल इन्भेष्टमेन्ट बैंक र एनसीसी बैंकबाट विभिन्न मितिमा कुल ३२ लाख रकम भएको ६ वटा चेक दिएको बताउँदै आफूले अझै पनि उक्त चेकहरु व्यस्तताको कारण साट्न नपाएको पनि बताइन् । पछिल्लोपटक तीस लाखको चेक दिँदा सबै रकम दिएको भनी जबर्जस्ती किर्ते कागज तयार पार्न लगाएको उनको दाबी छ ।