२८ आश्विन २०८३, बुधबार

एमाले महासचिव पोखरेलको स्वास्थ्यमा सुधार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishor-pokhrel

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलको स्वास्थ्यमा सुधार आएको छ ।

टोखारोडस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका महासचिव पोखरेलको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न डा। प्रेम ज्ञवालीले जानकारी दिनुभयो ।

पिसाव नलीमा संक्रमण भएपछि महासचिव पोखरेललाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो । उहाँ एक सातादेखि अस्वस्थ हुनुहून्थ्यो । युरिनरी ट्रयेक्ट इन्फेक्सन पीडित पोखरेललाई शुक्रबारसम्म अस्पतालमै बस्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

पार्टीको आसन्न महाधिवेशनको दौडधुपका कारण ठीक समयमा खाना र पानीको सन्तुलन मिलाउन नसक्दा महासचिव पोखरेल बिरामी पर्नुभएको हो । ठीकै निको भएर महाधिवेशनको तयारीमा लाग्ने उहाँलेले बताउनुभएको छ ।

एमाले अध्यक्ष झलनाथ खनालसहितका नेताहरु ग्रान्डी अस्पताल पुगी महासचिव पोखरेलको स्वास्थय अबस्थाबारे जानकारी लिनुभएको छ ।