गौशाला । जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई दिइने एन्टी रेबिज सुईको अभाव भएको छ ।
अस्पतालमा अहिले दैनिक १०/१२ जनाको सङ्ख्यामा कुकुरले टोकेका बिरामी उपचारका लागि आउन थालेपछि अस्पतालमा एन्टी रेबिज सुईको अभाव सृजना भएको मेडिकल अधिकृत द्वारिकाप्रसाद साहले बताए ।
पहिले–पहिले फाट्फुट रुपमा कहिलेकाहीँ एक\दुईजना कुकुरले टोकेको बिरामी उपचारका लागि आउँदा कुनै समस्या नभएको तर अहिले एक्कासि जिल्ला अस्पतालमा दैनिक १०\१२ जना कुकुरले टोकेका बिरामी आउन थालेपछि सुईको अभाव भएको चिकित्सक साकेश कर्णले बताए ।
कुकुरले टोकेका प्रत्येक बिरामीलाई घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल (डोज) सम्म भ्याक्सिन दिइनु परेकाले हामीसँग उपलब्ध ४०० सुई अपर्याप्त भएको चिकित्सक कर्णले बताए ।
बढ्दो गर्मीसँगै कुकुरहरुको मानसिक अवस्था बिग्रिने र कुकुरको सम्पर्कमा जानेलाई बढी रुपमा टोक्ने गरेको कारण अहिले बिरामीको चाप बढेकाले सुईको अभाव सृजना भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धमेन्द्र रायले बताए ।













प्रतिक्रिया