काठमाडौं, २९ माघ । १८६ स्थानमा रहेको नेपाली फुटबल टोली विश्वकप फुटबलमा ६ स्थानले अगाडी उक्लिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाली राष्ट्रिय फुटबल टिमलाई जनवरी महिनाको सार्वजनिक बरियतामा ६ स्थान माथि पुर्याएको हो । यो संगै नेपाल १८०औ स्थानमा पुगेको छ ।
दक्षिण एसियाली मुलुकहरूमा सबैभन्दा माथि १३१औं स्थानमा रहेको माल्दिभ्स ४ स्थान तल झरेको छ । उसको अब १३५ स्थान बनेको छ। अफगानस्थान दुई स्थान तल झर्दै १४४ स्थानमा पुगेको छ ।
सबैभन्दा बढी ८ स्थान माथि उक्लदै बंगलादेश बंगलादेश १५७औ स्थानमा पुगेको छ। भारत १७१ मै यथावत छ । भने, पाकिस्तान १७ स्थानले माथि उक्लिएको छ ।














प्रतिक्रिया