२८ आश्विन २०८३, बुधबार

विश्वयन्द्र पासवानको दलित जनजाति पार्टी विभाजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yashoda-Lamasकाठमाडौं । दलित जनजाति पार्टी विभाजन भएको छ । सभासद समेत रहेका अध्यक्ष पासवानको निरंकुश शैली र व्यवहारका कारण पार्टी विभाजन भएको जनाइएको छ ।

जनजाति पार्टीकी सभासद यशोदा कुमारी लामाले आज पार्टी विभाजन गरेकी हुन् । उनले पार्टी विभाजनको जानकारी संसद सचिवालयमा दिएकी छन् ।

‘पार्टी अध्यक्ष विश्वयन्द्र पासवानको व्यवहार अत्यन्तै निरंकुश र गैर राजनीतिक छ,’ लामाले प्रतिक्रिया दिँदै भनिन्, ‘पार्टी विधान विपरितका कार्य गर्न लागे पछि बाध्य भएर विभाजन गर्नु परेको हो ।’

लामाले दलित जनजाति पार्टी नेपाल नाम राखेर अर्को पार्टी स्थापना गरेकी हुन् । दलित जनजाति पार्टीका तर्फबाट संविधानसभामा समानुपातिकमा दुई सभासद थिए ।