२८ आश्विन २०८३, बुधबार

सुवास निरौला हटाउ अभियानमा प्रचण्डको पनि समर्थन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलालाई हटाउन जारी अभियानमा पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐक्यबद्धता जनाउनुभएको छ ।

नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार र अनियमितता भएको भन्दै त्यसको विरुद्धमा आन्दोलन गरी रिले अनशन गरिरहेका संयुक्त पर्यटन व्यवसायी समन्वय समितिका पदाधिकारीहरुलाई संबोधन गर्दै उहाँले मुलुकमा क्यान्सरको रुपमा मौलाएको भ्रष्टाचार र बेथिती अन्त्यका लागि अभियान चलाउन जरुरी भएको बताउनुभएको छ ।

आन्दोलनमा ऐक्यबद्धता जनाउन भृकटीमण्डप पुग्नुभएका अध्यक्ष दाहालले पर्यटन व्यवसायीको भ्रष्टाचार विरोधी आन्दोलनले सिंगो देश र राजनीतिक नेतृत्वको ध्यान जगाएकाले यसलाई अभियानकै रुपमा अघि बढाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

अध्यक्ष दाहालले भ्रष्टाचार र अनियमिततासम्बन्धी पर्यटन व्यवसायीको जायज मागलाई सम्बोधन गराउन प्रतिपक्षी दलको नेता भएको हैसियतले पार्टीको बैठक र सरकारसँगको छलफलमा गम्भीरतापूर्वक कुरा उठाउने बचन दिनुभयो ।

उहाँले संविधान निर्माण र संक्रमण अन्त्यका क्रममा मुलुकमा वेथिती अन्त्य गर्ने र नयाँ प्रक्रियामा लैजाने अभियानमा जुटेको पर्यटन व्यवसायीको आन्दोलन सार्थक भएको उल्लेख गर्नुभयो ।

व्यवसायीको आन्दोलनप्रति एक्यबद्धता जनाउन संविधानसभाका पूर्व उपाध्यक्ष पूर्णकुमारी सुवेदी, एमाओवादी नेता लीलामणि पोखरेल, नेपाली काँग्रेसका नेता धनराज गुरुङ, खड्ग बस्याललगायत अनशन स्थल पुग्नुभएको थियो ।