२० कार्तिक २०८३, शुक्रबार

सोलुमा लेक लागेर विदेशी नागरिकको मृत्यु

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सोलुखुम्बु, २५ चैत । सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा एक स्पेनिस नागरिकको लेक लागेर मृत्यु भएको छ ।

खुम्बु पासङल्हामु गाउँपालिका–५ लुङदेमा गएको आइतबार बिहान ९ बजे लेक लागेर एकजना पुरुष स्पेनिस नागरिक अलबेटोको मृत्यु भएको हो ।

लुक्लाबाट ७ जनाको टोली आधारशिविरतर्फ जाँदै गर्दा बाटैमा बिरामी परेका उनलाई थ्रिपास गेस्ट हाउसमा लगिएको थियो । उनको त्यही गेस्ट हाउसमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

एसियन एड्भेन्चर एक्सपेडिसन ट्रेक्स प्रालिमार्फत नेपाल भ्रमणमा आएका ७ जना विदेशी नागरिक मध्ये अलबेटोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ ।