२० कार्तिक २०८३, शुक्रबार

मुलुकको अर्थतन्त्र नै रेमिट्यान्सले धानेको छ : पूर्वमन्त्री चौलागाईं

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ चैत । देशका विभिन्न भागमा भाषा सिक्ने र वैदेशिक रोजगारीको युवाहरु ठगिने क्रम बढिरहेको छ । यसै सन्दर्भलाई ध्यान दिँदै सञ्चार केन्द्र नेपालले ‘वैदेशिक रोजगारी र हाम्रो तयारी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पूर्वश्रम तथा रोजगारमन्त्री कमल चौलागाईं हाम्रो लाइफ लाइन नै वैदेशिक रोजगार भइसकेको बताए । उनले वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सले भारतसँग व्यापार नाफा र घाटाको काम गरिरहेकाले नेपालीहरुको लागि वैदेशिक रोजगार अपरिहार्य भएको तर्क गरे । मुलुकको अर्थतन्त्र नै रेमिट्यान्सले धानेको औल्याउँदै चौलागाईंले भने, ‘वैदेशिक रोजगार रोक्नै नसकिने यदि रोकिएमा सम्पूर्ण नेपालीहरुको जनजीवन नै धराशयी हुन सक्छ ।’

आफू श्रममन्त्री हुँदा दक्षिण कोरियाली सरकारसँग सम्झौता गरी ठूलो मात्रामा नेपाली कामदारहरुलाई सरकारीस्तरबाटै स्तरीय वैदेशिक रोजगार सिर्जना गर्न सफल भएका पूर्वमन्त्री चौलागाईंले पछिल्लो समय वैदेशिक रोजगारीलाई बद्नाम गर्ने कार्य भइरहेको जनाउँदै नेपालले मात्र नभएर धेरै राष्ट्रहरुले वैदेशिक रोजगारमा युवाहरुलाई पठाउने गरेकाले यसलाई सकारात्मक रुपमा बुझिदिन आग्रह गरे । त्यसैगरी, कार्यक्रममा पूर्वमन्त्री चौलागाईंले पछिल्लो समय मुलुकको अर्थतन्त्रलाई विगार्न दुष्प्रयास गर्नेहरुले वैदेशिक रोजगारसम्बन्धी विभिन्न अफवाह फैल्याउँदै आइरहेकाले यस विषयमा सचेत रहन सम्पूर्ण नागरिक तथा सरोकारवालाई आग्रह गरे ।

त्यसैगरी, श्रम तथा रोजगार मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दिपक ढकालले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि सरकारले विभिन्न नीतिहरु अवलम्बन गरिएको बताए । वैदेशिक रोजगारमा जाने युवाहरुको लागि सिप तथा दक्षताका राज्यले थुप्रै अवसरहरुको व्यवस्था गरिरहेको जानकारी गराउँदै वैदेशिक रोजगारमा जाने युवाहरुले सीप सिकेर मात्र वैदेशिक रोजगारमा जान आग्रह गरे ।

उनले सरकारले वैदेशिक रोजगारमा गएर दुःख पाएकाहरुको गुनासो सुन्नका लागि बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कल सेन्टरको व्यवस्था गरेको जानकारी गराउँदै वैदेशिक रोजगारमा रहेका युवाहरुको हक हितमा सरकारले विभिन्न कार्यक्रमहरु गरिरहेको छ भने ।