
जनकपुर, २४ चैत । सप्तरीमा सर्पको टोकाईबाट ८० वर्षीया वृद्धाको मृत्यु भएको छ।
सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका-१० बनौला घर भएको एक ८० वर्षीया वृद्धालाई सर्पले टोकेर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा डाक्नेश्वर नगरपालिका-१० घर भएका कैलि ठाकुरको श्रीमती फुलकुन देवी ठाकुर रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
ठाकुरलाई सर्पले टोक्दा घाइते भई उपचारको लागि लहानस्थित राउ स्मार्क अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।












प्रतिक्रिया