२० कार्तिक २०८३, शुक्रबार

राप्रपाका संयुक्तका अध्यक्षद्वयले भेटे आँधी पीडितलाई

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ चैत । राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले वारा, पर्साका हावाहुरी पीडितलाई राहत वितरण गरेका छन् ।

अध्यक्षद्वय राणा र लोहनीले शुक्रबार प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी क्षतिबारे जानकारी लिएका थिए ।

भ्रमणको क्रममा विपदमा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई त्रिपाल, लत्ता कपडालगायत रु १२ हजार ५ सयका दरले राहत वितरण गर्ने जनाएका छन् ।

राप्रपा (संयुक्त) का स्थानीय निकायले मृतक परिवारका घर घरमा पुगी राहत वितरण गर्नेछन् । यसका लागि पार्टीको स्थानीय निकायलाई अध्यक्षद्वय राणा र लोहनीले निर्देशन समेत जारी गरेका छन् ।

राणा र लोहनीले विरगंजस्थित नारायणी अस्पतालमा उपचार गरिरहेका घाइतेहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए । उपचार गरिरहेका बिरामीहरुलाई भेट्ने क्रममा फलफूल वितरण गरेका थिए ।