२० कार्तिक २०८३, शुक्रबार

हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि सञ्चालित हस्ताक्षर अभियानलाई चैत मसान्तसम्म

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनर्स्थापनाको लागि दवाव दिने उदेश्यसहित चैत १७ गतेदेखि देशव्यापी रुपमा सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानलाई चैत मसान्त सम्म जारी राख्ने भएको छ ।

पार्टी अध्यक्ष कमल थापाको विशेष उपस्थिती तथा जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा शुुक्रबार सम्पन्न समितिको बैठकले चैत १७ देखि २३ गतेसम्म हस्ताक्षर संकलन अभियानलाई चैत मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

राप्रपाले सुरु गरेको यो अभियानमा नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्ने लाखौं नेपाली नागरिकहरुको सहभागिता बढ्दै गएपछि राप्रपामा थप उत्साह पैदा भएको जनाएको छ ।

पार्टीद्वारा घोषित चैत २५ गते सिंहदरबार अगाडि गरिने धर्ना कार्यक्रमलाई पार्टीको शक्ति प्रदर्शनको रुपमा सफल पार्न पार्टीका सबै तहलाई बैठकले आग्रह समेत गरेको छ ।