काठमाडौँ । सुक्खायाम सुरुभएसँगै मुलुकभरको तापक्रम बढ्ने क्रममा रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकालगायत दिपायल, नेपालगन्ज, धनगढी, भैरहवा विराटनगर क्षेत्रमा तापक्रम बढ्ने क्रममा रहेको मौसमविद् राजाराम ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौँको आजको तापक्रम ३१ डिग्री सेल्सिएस, दीपायलमा हिजो ४२ दशमलव ७ डिग्री सेल्सिएस, नेपालगन्जमा ४२ दशमलव ५ डिग्री सेल्सिएस, धनगढीको ४१ डिग्री सेल्सिएस, भैरहवामा ४० दशमलव १ डिग्री सेल्सिएस र विराटनगरमा ३९ डिग्री सेल्सिएससम्म पुगेको छ ।
चालीस डिग्री सेल्सिएसभन्दा बढी तापक्रम पुगेका क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना भएकाले त्यसबाट बच्नका लागि घामबाट जोगिनुपर्ने, हिँडडुल गर्दा छाताको प्रयोग गर्नुपर्ने, हल्का लुगा लगाउनुपर्ने र प्रशस्त पानी पिउनुपर्ने उहाँको सुझाव थियो ।
आजभोलि उच्च पहाडी भेगमा फाट्फुट वर्षा हुने सम्भावना रहे तापनि तराई क्षेत्रमा भन्ने त्यस्तो सम्भावना नदेखिएको उहाँले जानकारी दिनुभयो ।
यस वर्षको मनसुनी वर्षा यही जेठको अन्तिम सातादेखि सुरु हुने अनुमान गरिएको छ ।














प्रतिक्रिया