काठमाडौं, २० चैत । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बारा र पर्साका हावाहुरीबाट घर गुमाएका परिवारलाई एक सय वटा अस्थायी घर बनाइदिने घोषणा गरेका छन ।
बाराको पुरैनिया र पर्साको जगन्नाथपुरमा एक सय जस्ताका घर बनाउने घोषणा गरिएको हो । अन्सारीसहित आयोगको टोलीले हावाहुरीबाट क्षति पुगेका बारा र पर्साका विभिन्न गाउँको स्थलगत निरीक्षण गरेको थियो ।
आयोगले हावाहुरीमा परी अभिभावकसहित ४ जना परिवार गुमाएका बारा फेटा गाउँपालिका ६ का १४ वर्षीय साहेब अन्सारीलाई निःशुल्क पढाउने जिम्मासमेत लिएको छ ।












प्रतिक्रिया