२० कार्तिक २०८३, शुक्रबार

सामाजिक संस्था मैत्री ऐन निर्माण गर्नुपर्नेमा सरोकारवालाको जोड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १९ चैत । सरकारले निर्माण गर्न लागेको सामाजिक संघसंस्था ऐन संस्था मैत्री हुनपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मंगलबार गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरको १६ औं वार्षिक साधारणसभा तथा नागरिक सम्मेलनका सहभागिहरुले कानून आयोगले सरकारलाई बुझाएको सामाजिक संस्था ऐनको मस्यौदालाई थप परिमार्जन गरि संस्था मैत्री ऐनका रुपमा जारी गर्न माग गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले सरकारले नियमन, व्यबस्थापन, समन्वय, सहकार्य र साझेदार निकायका रुपमा संस्थालाई भूमिका दिनसके समृद्ध नेपाल र सुखी नेपालीको सरकारको लक्ष्य पुरा गर्नमा संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले अख्तियारलाई समेत सघाउदै भक्तपुरमा भ्रष्टाचार मुक्त जिल्ला बनाउन अभियान नै संचालन गर्ने बताउदै भने, “भक्तपुर जिल्लालाई शुसासन र भ्रष्टाचार मुक्त अभियान बनाउन अभियान सुरु गर्दैछौ, यसका लागि हनुमन्ते सफाई अभियानमा जस्तै अभियन्तहरु खटाईने छ, जनताको चाप बढी हुने र आर्थिक कारोबार बढी हुने कार्यालयमा प्रत्येक दिन पाँच जना अभियन्ता नै राखेर अभियान संचालन गर्दछौ ।”

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष जितराम लामाले सामाजिक संस्थाहरु सरकारको सहयोगी निकायको रुपमा सामाजिक, आर्थिक, साँस्कृतिक र भौतिक विकासको साझेदारका रुपमा सरकारलाई सहयोग गरिरहेको अबस्थामा संस्थाहरुको भूमिकालाई कमजोर बनाउने गरि संस्था ऐन बन्न नहुने बताए ।