९ कार्तिक २०८३, सोमबार

भात्काउनु पर्ने सडकमा रातारात १ करोड ३० लाख खर्च

9.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १८ चैत । भत्काउनु पर्ने सडकका लागि सुनसरीको धरान उपमहानगरपालिकले १ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ ।

धरान विराटनगर ४९ किलोमिटर ६ लेन सडकअन्तर्गत भानु चोकबाट लक्ष्मी चोकसम्मको कोसी लोकमार्गको बजेट खन्याइएको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

क्षेत्राधिकारमा नपर्ने सडकमा उपमहानगरपालिकाले बजेट खन्याउनु गलत भएको स्थानीयको गुनासो छ ।

सडक विभागले ६ लेनको बनाउँदै आएको सडकमा बजेट खर्च गर्नु नीतिगत भ्रष्टाचार भएको असन्तुष्ट जनप्रतिनिधिले बताएका छन् ।

विभागको कार्यक्षेत्रभित्र पर्ने लोकमार्गमा बजेट विनियोजन नगर्न आग्रह गर्दा पनि कार्यवाहक मेयर मञ्जु भण्डारीले अटेर गरेको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताए ।