१२ कार्तिक २०८३, बिहिबार

मकवानपुरमा खुल्यो सिटिजन्स् बैंकको पहिलो एक्सटेन्सन काउन्टर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुरमा पहिलो एक्सटेन्सन काउन्टरको स्थापना गरेको छ ।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका अन्तर्गत वडा नं. ९ रजैयामा बैंकले एक्सटेन्सन काउन्टर खोलेको हो ।

मकवानपुरको हेटौंडा र मनहरीमा शाखा कार्यालय रहेको बैंकले रजैयामा पनि एक्सटेन्सन काउन्टर खोलेर बैंकिङ्ग सेवा प्रदान गर्न शुरु गरेको हो ।

बैंकका देशभर ८१ वटा शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले ७५ वटा एटीएम तथा ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरु मार्फत पनि सेवा प्रदान गरिरहेको छ ।